Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


शिवरामकै अग्रता


0
Shares

काठमाडौं, असोज २३ । सूर्य नेपाल गल्फ टुरअन्तर्गत्को सेन्ट्रल ओपन गल्फमा दोस्रो दिन पनि शिवराम श्रेष्ठले नै अग्रता लिएका छन् ।

सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु भएको सेन्ट्रल ओपनमा पहिलो दिन चार अन्डर पार ६८ को स्कोरकार्डका साथ अग्रता लिएका शिवरामले दोस्रो दिन पाँच अन्डर पार ६७ को स्कोरकार्डसहित समग्रमा नौ अन्डरपार एक सय ३५ को कार्डसहित शीर्ष स्थानमा रहेका हुन् ।

समग्रमा दुई अन्डर पार एक सय ४२ स्कोरकार्डका साथ भुवन नगरकोटी र एमच्योर तासी छिरिङ दोस्रो स्थानमा छन् ।

एक अन्डर पार एक सय ४३ स्कोरकार्डका साथ धन थापा चौथो तथा  एक ओभरपार एक सय ४५ को स्कोरकार्डका साथ एमच्योर वाङ्चेन धोन्दुप पाँचौ स्थानमा पुगेका छन् ।

३१ व्यावसायिकसहित ४२ गल्फर सहभागी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ७७ हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

Skip This