Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि बाग्लुङमा सुरु हुँदै


0
Shares

काठमाडौं । २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि बाग्लुङको गलकोटमा सुरु हुँदैछ ।

नेपाल भलिबल संघको आयोजनामा गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगिता ५ दिनसम्म चल्नेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल संघ बागलुङले जनाएको छ ।

प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई नेपाल भलिबल संघले राष्ट्रिय टिमको तयारीमा राख्दैछ ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नक आउटको आधारमा प्रतियोगिता सञ्चालन हुँदैछ ।