काठमाडौं । सेल्टा भिगोलाई हराउँदै सेभिया स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको मौका छोप्दै सेभिया तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
सेल्टा भिगो विरुद्धको खेलमा सेभियालाई विजयी गराउन पाब्लो साराबिया र बेन यडरले एक एक गोल गरे ।
पछिल्लो सयम आफ्नो स्वभाविक लय समात्न नसकेको बार्सिलोनाले भने गएराति भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्यो ।
खेलको दोस्रो मिनेटमै घरेलु टोली भ्यालेन्सियाका इजिक्वेल ग्यारेले पहिलो गोल गरे भने २३ औं मिनेटमा लियोनल मेस्सीले गोल फकाउँदै खेल बराबरी गरेका हुन् ।
ला लिगाका पछिल्ला चार खेलमा बार्सिलोनाको यो तेस्रो बराबरी हो ।
ला–लिगाकै अर्को खेलमा रियाल बेटिसलाई १–० ले हराउँदै एथ्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ ।
गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा ८ खेलबाट १६ अंक जोडेको सेभिया शीर्ष स्थानमा उक्लिएको छ ।
समान खेलबाट १५ अंकका साथ बार्सिलोना दोस्रो स्थानमा छ भने तेस्रो स्थानको एथ्लेटिको मड्रिडको पनि १५ अंक नै छ ।
१४ अंकका साथ रियाल मड्रिड भने चौथो स्थानमा झरेको छ ।








प्रतिक्रिया दिनुहोस्