Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


चितवन टाइग्रेस आदिआवादी महिला भलिबल च्याम्पियन


0
Shares

काठमाडौं, असोज १७ । आदिआवादी महिला भलिबल लिगको उपाधि चितवन टाइग्रेसले जितेको छ ।

बुधबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्डहलमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै चितवनले उपाधि जितेको हो ।

तीनजना अमेरिकी खेलाडीहरुलाई कोर्टमा उतारेको चितवनले पहिलो सेट २५–२० ले जित्यो । दोस्रो सेट २५–१७ ले जितेको चितवनले तेस्रो सेट २५–१५ ले जित्दै उपाधि पक्का गर्‍यो ।

जितसँगै पूर्वराष्ट्रिय खेलाडी मञ्जु गुरुङको कप्तानीमा रहेको चितवन टाइग्रेसले भलिबलमा नेपालको अहिलेसम्मकै सर्वाधिक ६ लाख रुपैयाँ पुरस्कार राशी हात पार्‍यो ।

पहिलोपटक नेपाल आएर भलिबल प्रतियोगिताको उपाधि जित्न सफल अमेरिकी खेलाडी शेल्बी डाल्टनले नेपाली खेलाडीहरु निकै प्रतिभावना रहेको प्रतिक्रिया दिइन् ।

‘एभील’को उपाधि जित्न सफल चितवन टाइग्रेसका अमेरिकी प्रशिक्षक कोरे सलोमनले पनि नेपाली खेलाडीहरु प्रतिभावान रहेकाले उनीहरुलाई धेरैभन्दा धेरै अवसरको खाँचो रहेको बताए ।

आदिआवादी महिला भलिबल लिगमा न्यू डायमन्ड एकेडेमी तेस्रो भएको छ ।

बुधबारै भएको खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै न्यू डायमन्डले तेस्रो स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा चितवन टाइग्रेसकी खेलाडी अरुणा शाही उत्कृष्ट खेलाडी बन्दै एउटा स्कुटर जित्न सफल भइन् ।