
मस्को, असार ८ । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनालाई पराजित गर्दै क्रोएसिया नक आउट चरणमा प्रवेश गरेको छ ।
गएराती भएको समूहको दोस्रो खेलमा अर्जेन्टिनालाई हराउँदै क्रोएसिया अन्तिम १६ मा पुगेको हो । निझ्नी नोभ्गोरोद रंगशालामा अर्जेन्टाइनी गोलकिपर विली काबालेरोको गल्तीको फाईदा उठाउँदै क्रोएसियाका एन्टे रेविकले ५३ औं मिनेटमा पहिलो गोल गरे ।
८० मिनेटमा लुका मोड्रिचले एक गोल थप्दै क्रोएसियाको अग्रता दोब्बर पारे । ईन्जुरी समयमा ईभाँ राकिटिचले अर्को गोल थप्दै क्रोएसियालाई ३–० ले विजयी गराए ।
पहिलो खेलमा नाईजेरियालाई हराएको क्रोएसिया रुसमा लगातार दोस्रो जित हात पार्दै नक आउट चरणमा पुग्दा उपाधि दावेदार मानिएको लेटिन अमेरीकी टोली अर्जेन्टिना बाहिरिने संघारमा पुगेको छ ।
लियोनल मेस्सीको टोली जारी विश्वकपमा पहिलो जितको खोजीमा छ ।
यसअघि समूहको पहिलो चरणको खेलमा अर्जेन्टिनालाई आईसल्याण्डले १÷१ गोलको बराबरीमा रोकेको थियो । अन्तिम खेलमा अर्जेन्टिनाले आगामी मंगलबार नाईजेरियासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्