Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपाल बंगबन्धु गोल्डकपमा पहिलो खेलमै पराजित


0
Shares

काठमाडौं, असोज १६ । नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको पाँचौ संस्करणको पहिलो खेलमै पराजित भएको छ ।

साविक विजेता नेपाल मंगलबार ताजिकिस्तानसँग २–० ले पराजित भएको हो ।

नेपालले खेलको २७औं मिनेटमा पेनाल्टीमा पहिलो गोल खाएको थियो । ६९औं मिनेटमा दोस्रो गोल व्यहोरेको हो ।

नेपालले ७२औं मिनेटमा गोल गर्ने राम्रो अवसर गुमाएको थियो ।

फिफा वरीयतामा नेपाल १६०औं स्थानमा छ भने ताजिकिस्तान नेपालभन्दा ४० स्थानमाथि छ ।

नेपाल रहेको समूह ‘ए’मा ताजिकिस्तान र प्यालेस्टाइन छन् ।

नेपालले समूहको अन्तिम खेलमा शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । प्यालेस्टाइन नेपालभन्दा फिफा वरीयतामा ६० स्थान अगाडि रहेको छ । सेमिफाइनल प्रवेश गर्नका लागि नेपालले प्यालेस्टाइनलाई हराउनैपर्ने हुन्छ ।

नेपालले गत संस्करणको फाइनलमा बहराइनको २३ वर्षमुनिको टोलीलाई हराउँदै पहिलोपटक बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको थियो ।