Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


स्याङ्जामा खोलाले मोटरसाइकलसहित बगाएका २ जना मध्ये एककाे सकुशल उद्धार, एक अझै बेपत्ता


546
Shares

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा अरौदी खोलाले मोटरसाइकलसहित बगाएका मध्ये एककाे सकुशल उद्धार गरिएकाे छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिहीबार राति करिब साढे १० बजेको समयमा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको जनाएको हाे। बगाइएका दुई जनामध्ये एक जनालाई भने सकुशल उद्धार गरिएको र अर्का एक युवा भने अझै बेपत्ता रहेका छन्।

बेपत्ता युवाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रमेश अवस्थीले जानकारी दिनुभयो। बेपत्ता युवाको खोजी कार्य जारी रहेको पनि उहाँले बताउनुभएकाे छ।