Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपाल भारतसँग भारी अन्तरले पराजित


0
Shares

काठमाडौं, असोज १३ । यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालको यु–१९ क्रिकेट टोली पराजित भएको छ ।

नेपाल भारतसँग १७१ रनले हारेको हो ।

बंगलादेशमा शनिबारदेखि सुरु भएको समूह चरणको पहिलो खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरको खेलमा ९ विकेट गुमाएर ३०४ रन बनाएको थियो ।

जवाफमा नेपालले ३६.४ ओभरमा १३३ रनमात्र बनाउन सक्यो ।

भारतका लागि यशभी जयसवालले १०४ रन, सिमरन सिंहले ८२, आयुश बदोनीले ३३ तथा देवदत्त पादीक्कलले ३० रन बनाए ।

बलिङतर्फ नेपालका लागि भीम सार्कीले ४ तथा रसिद खानले २ विकेट लिए ।

ब्याटिङतर्फ नेपालका लागि कप्तान मोहमद आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४, सन्दीप जोराले २०, रवीन्द्र शाहीले १६ र रवि साहले ११ रन बनाए ।

बलिङतर्फ भारतका सिद्धार्थ देसाइ र हर्ष त्यागीले ३/३ विकेट लिए ।

नेपालले अब दोस्रो खेल यही असोज १५ गते अफगानिस्तानसँग तथा १६ गते युनाइटेड अरब इमिरेटस् (युएई)सँग खेल्नेछ ।

समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । रासस