Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


पीपीएललाई ओवाइओको ३२ लाख बराबरको प्रायोजन


0
Shares

काठमाडौं, असोज १२ । आगामी कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताका लागि आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले होटलहरुको मल्टिनेसनल हस्पिटालिटी कम्पनी ओवाइओसँग सम्झौता गरेको छ ।

एक वर्षे सम्झौताअनुसार ओवाइओले पीपीएललाई ३२ लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने भएको छ ।

जसअन्तर्गत् ओवाइओले पीपीएलमा सहभागी सम्पूर्ण टिम र आयोजकलाई आवासीय सुविधा उपलब्ध गराउनेछ ।

शुक्रबार राजधानीमा भएको सो सम्झौतामा क्वीन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र ओवाइओका कन्ट्री हेड निसिद हलानीले हस्ताक्षर गरेका छन् ।

कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा ६ सहरका टिम सहभागी हुनेछन् ।