Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


म्यान्चेस्टर सिटी विजयी हुँदा म्यान्चेस्टर युनाईटेड पराजित


0
Shares

काठमाडौं, असोज १० । इङ्लिस फुटबल लिग (ईएफएल) कप फुटबलमा म्यान्चेस्टर सिटी विजयी हुँदा म्यान्चेस्टर युनाईटेड पराजित भएको छ ।

गएराति भएको खेलमा प्रिमियर क्लव म्यान्चेस्टर सिटीले तेस्रो श्रेणीको अक्सफोर्ड युनाईटेडलाई ३–० ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन ग्याब्रिएल जिसस, रियाद माहारेज र फिल फोडेनले एक–एक गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटी ईएफएल कप अर्थात् काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

सोही प्रतियोगिताको अर्को खेलमा म्यान्चेस्टर युनाईटेड भने पराजित भएको छ । म्यान्चेस्टर युनाईटेडलाई च्याम्पियनसिप क्लव डर्बी काउण्टीले सडन डेथमा हराएको हो ।

गएराति नै भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म २–२ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा पुग्यो । टाईब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा डर्बी विजयी भएको हो । 

ईएफएल कप फुटबलकै अन्य खेलहरुमा प्रिमियर क्लवहरु लेष्टर सिटी, बर्नमाउथ, फुल्हम र क्रिष्टल प्यालेस विजयी भएका छन् ।