Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


म्यानमारले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो


0
Shares

काठमाडौं, असोज ७ । एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्तर्गत् समूह ‘ई’को उपाधि म्यानमारले हात पारेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा आइतबार भएको छनोट चरणअन्तर्गत्को अन्तिम खेलमा म्यानमारले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’को उपाधि रक्षा गरेको हो ।

तीन खेल खेलेको म्यानमार ९ अंक जोड्दै शीर्ष स्थानमा रह्यो ।

उपाधिसहित म्यानमारले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको यात्रा तय गरेको छ ।

६ अंक जोडेको फिलिपिन्सले पनि समूह ‘ई’मा दोस्रो हुँदै थाइल्यान्डको यात्रा तय गर्‍यो ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको यात्रा तय गरेका हुन् ।

त्यस्तै, नेपाल र मलेसिया भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । आइतबारै अपराह्नमा हुने खेलमा दुवै टोली प्रतिष्ठाका लागिमात्र भिड्नेछन् ।

समूह ‘ई’मा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स सहभागी छन् । रासस