२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सान्त्वना जितको खोजीमा मलेसियासँग भिड्दै नेपाल


0
Shares

काठमाडौं, असोज ७ । एएफसी यु–१६महिला फुटबलमा आज नेपाल र मलेसिया भिड्दैछन् ।

काठमाडौंमा जारी समूह ‘ई’ अन्तर्गत नेपालको यो तेस्रो खेल हो । लगातार दुई खेल हारेको नेपालले छनौट चरण पार गर्ने सम्भावना समाप्त भइसकेको छ ।

मलेसिया विरुद्धको आजको खेल नेपालका लागि सान्त्वना जितको अवसरमात्रै बन्न सक्छ ।

खेल हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले हारेको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११–१ ले पराजित भएको थियो ।