
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक गतिविधिहरुमा मन्त्रालयले हस्तक्षेप नगर्ने बताउनुभएको छ ।
सिंहदरबारमा आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री पन्तले समितिमा आज राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको दफावार छलफल भएको थियो । जसक्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री पन्तले प्रयोगशालाका डे टु डे काममा मन्त्रालयले कुनै हस्तक्षेप नगर्ने बताउनुभयो ।
मन्त्री पन्तले प्रयोगशालाको लगानी सबै सरकारले गर्ने र नेपाल सरकारसँग सम्बन्धित विभिन्न निकायहरुको काम पनि यसले गर्ने बताउनुभयो । सात प्रदेशमै यसको संरचना बनाउने प्रश्ताव रहेको भएपनि रातारात यसको संरचना बनाउन भने नसकिने स्पष्ट पार्नुभयो ।
समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद वेदुराम भुसालले प्रयोगशालाले नै आफूले काम गर्ने भन्ने नाममा खुला छोड्न भने नहुने बताउनुभयो । उहाँले तोकिए बमोजिम हुने भन्नेकुराहरु राख्दा कार्यकारी व्यक्तिले आफू अनुकुल निर्णय गर्ने अवस्था आउन दिनु नहुने उहाँको भनाइ छ ।
मन्त्री पन्तले समितिको बैठकमा सांसदहरुले भविष्यको अनुसन्धानमा तुलनात्मक अध्ययन पर्नसक्नेकुरालाई मध्यनजर गरेर विधेयक अघि बढाउनुपर्ने बताउनुभयो । नयाँ प्रविधि र विधिहरुबाट पुरानो अभिलेखहरुको संरक्षण गर्न अति आवश्यक हुने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्