२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने


455
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ ।

शुक्रबार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताउनुभयो । असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएको जानकारी दिनुभयो ।

स्थानीय तहले असार १० गते बजेट प्रश्तुत गर्नुपर्ने प्रावधान रहेपनि महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगाले र नेपाली काँग्रेसबाट प्रतितिनिधित्व गर्ने वडा अध्यक्षहरुको मतभेदका कारण बजेट आउन सकेको थिएन । देशकै ठूलो महानगरले समयमा बजेट ल्याउन नसकेको भन्दै काठमाडौं महानगरको आलोचना हुँदै आएको थियो ।

बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकासलाई जोड दिएर बजेट ल्याइने बताउनुभयो ।