२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


‘शक्तिशाली राष्ट्रहरुको चित्त बुझाउने आधारमा परराष्ट्र नीति चलाउने कुराले मुलुकको औचित्य रहँदैन’


468
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को अध्यक्ष राष्ट्रका रूपमा नेपालले आतंकवादविरुद्ध सैद्धान्तिक रुपमा स्पष्ट दृष्टिकोण राखेको भएपनि खुला सीमाका कारण चुनौति रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित उक कार्यक्रममा बोल्दै नेता साउदले भारत र चीनसँगको खुला सीमाका कारण चुनौति रहेको बताउनुभएको हो । खुला सीमाबाट आतंककारी गतिविधि नेपालमा भित्रिएमा त्यसले क्षेत्रीय सम्बन्धमा नकारात्मक असर पार्ने उहाँको भनाइ छ ।

नेता साउदले भारतको पहलगाम आक्रमणदेखि इजरायल–गाजा युद्धसम्मका सन्दर्भमा नेपालले सधैँ आतंकवादको विरोधमा स्पष्ट धारणा राख्दै आएको पनि बताउनुभयो । साउदले मुलुकको परराष्ट्र नीति शक्तिशाली राष्ट्रहरूको चित्त बुझाउने नभई राष्ट्रिय हितअनुसार संचालन हुनुपर्ने बताउनुभयो । आतंवादलाई प्रश्चय दिन नहुने कुरामा सबै राष्ट्रहरुको साझा साझदारी हुनुपर्नेमा उहाँको जोड छ ।

नेता साउदले फैलिँदो आतंकवादविरुद्ध लड्नको लागि मेकानिज्म र इन्टेलिजेन्स सेलहरुको विकासमा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।