२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कांग्रेसले विपीको प्रजातान्त्रिक विचार बेचिसक्यो : शाही


377
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको विचार नै बेचिसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठक मंगलबारको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले संसदमा एक जनाले बोलेमात्रै उसको पनि विचार सुन्नुपर्छ भन्ने विपीको विचार कांग्रेसले बचेको भान भएको टिप्पणी छ । भिजिट भिसा दुरुपयोग प्रकरणबारे उच्चस्तरीय छानबिनको माग गर्दै आफूहरुले लामो समयदेखि आन्दोलन गरिरहेको भएपनि सरकारले सुन्न नचाहेको उहाँको भनाइ छ ।

प्रमुख सचेतक शाहीले आफूहरु सरकारविरोधी आन्दोलन नभई मानव बेचबिखनविरुद्धको आन्दोलन गरिरहेको बताउँदै आफ्ना मागहरु सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भिजिट भिसा दुरुपयोग छानबिन समिति संख्याका आधारमा नभई अपराधको प्रकृति अनुसार गठन हुनुपर्नेमा जोड दिनुभयो ।