Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


युभेन्टसका लागि रोनाल्डोले बल्ल गरे गोल


0
Shares

काठमाडौं, असोज १ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लव युभेन्टस्का लागि चौथो खेलमा बल्ल गोलको खाता खोलेका छन् ।

यसअघिका तीन खेलमा गोल गर्न नसकेका रोनाल्डोले गएराति सासुओलोविरुद्ध २ गोल गरे । यसै सिजनको सुरुमा स्पेनिस क्लव रियाल मड्रिडबाट युभेन्टस् आएका रोनाल्डोकै गोलको मद्दतमा युभेन्टसले सासुओलोलाई २–१ ले हराउँदै लिगमा लगातार चौथो जित निकालेको छ । 

ईटालियन लिग अर्थात सिरी एका अन्य खेलमा लाजियो र जेनोआ विजयी भएका छन् । एसी मिलानले काग्लीआरीसँग १–१ गोलको बराबरी खेल्दा एएस रोमालाई चिएभो भेरोनाले २–२ गोलको बराबरीमा रोकेको छ ।

गएरातिका खेलपछि ईटालियन सिरी एमा ४ खेलबाट १२ अंक जोडेको युभेन्टस शीर्ष स्थानमा छ । समान खेलबाट ९ अंक जोडेको नापोली दोस्रो स्थानमा छ भने तेस्रो स्थानको सासुओलोको ७ अंक छ ।