काठमाडौं, भदौ २९ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको २२औं संस्करण गन्डकी प्रदेशको बाग्लुङमा हुने भएको छ ।
प्रतियोगिता आगामी असोज २३ देखि २७ गतेसम्म बाग्लुङको गल्कोटमा हुने जानकारी नेपाल भलिबल संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत् दिएको छ ।
बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन तथा गल्कोट नगरपालिकाको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगिता आयोजनाको तयारी थाल्न नेपाल भलिबल संघले शुक्रबारै स्थानीय आयोजकलाई ५० हजार रुपैयाँ नगदसहित केही बल र नेट दिएको छ ।








प्रतिक्रिया दिनुहोस्