२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा


975
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा सुरु भएको छ ।

थापाले बिहीबार बिहान नवलपरासीको गोपीगञ्जमा रहेको विपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्रा सुरु गर्नुभएको हो ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा आजदेखि तिन दिन नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिनुभयो ।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्याहरू सुन्ने गर्नुभएको छ ।