
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष नेपालले सरकारले विभिन्न विषयमा विज्ञहरु बोलाएर छलफल गरेपनि परिणाम ननिस्किएको भन्दे जनतालाई परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले बनाएका योजना, नीतिहरुमा त्रुटी भए सच्याउन जरुरी रहेको बताउनुभयो । उहाँले परिणाम किन निस्किएन भन्नेबारेमा समीषा गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले जनताको आलोचनालाई कदर गरेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले नेपाल प्राकृतिक विविधताले, सम्पन्नताले भरिपूर्ण भएको पनि बताउनुभयो ।
अध्यक्ष नेपालले सबै मिलेर काम गर्दा देश सम्पन्न हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्