Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


भीड नियन्त्रणका लागि घातक हतियार प्रयोगबारे सर्वोच्चले माग्यो जवाफ


442
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रहरीले भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्ने गरेको सम्बन्धमा सरकारसँग जवाफ मागेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिटमा बिहीबार सुनुवाई गर्दै न्यायाधीश कुमार चुडाको इजलाशले भीड नियन्त्रणका लागि प्रयोग गरिने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोग सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको हो ।

अधिवक्ता त्रिपाठीले प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गर्दा निर्दोष नागरिकहरूको मृत्यु हुने गरेको भन्दै हिजो रिट दायर गर्नुभएको थियो । रीट निवेदनमा मुद्धाको टुंगो नलागेसम्म घातक हतियार प्रयोग नगर्नू नगराउनू भनी आन्तरिम आदेश जारी गर्न समेत माग गरिएको छ ।