Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


रजत विजेता पाराग्लाइडिङ खेलाडीलाई जनही एक लाखसहित सम्मान


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ २६ । गन्डकी प्रदेश सरकारले इन्डोनेसिया एसियाडमा नेपाललाई एकमात्र रजतपदक दिलाउन सफल नेपाली पाराग्लाइडिङ टिमलाई नगदसहित सम्मान गरेको छ ।

मंगलबार पोखरामा आयोजित कार्यक्रममा गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रको गरिमा बढाउने पोखरेली खेलाडीले गरेको योगदानको सम्मान गरिएको बताए ।

पाराग्लाइडिङ टिमका पाँचजना खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहेका छन् ।

यस्तै, मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउतलाई पनि जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यसअघि, गन्डकी प्रदेश मन्त्रिपरिषद बैठकले पदक विजेता पाराग्लाइडिङ खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो ।