Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


चीनसँगको व्यापार घाटा गहिरिंदै

नेपालले व्यापारमा किन लिन सकेन लाभ ?

949
Shares

काठमाडौं । विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको उत्तरी छिमेकी चीनबाट नेपालले फाइदा लिन सकेको छैन।

चीनले नेपालसँग व्यापारलाई प्राथमिकता नदिँदा चीनसँगको व्यापार घाटा गहिरिँदै गएको छ। राजनीतिक रूपमा चीनले उच्च प्राथमिकतामा राखेर नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजे पनि व्यापारमा बेवास्ता गर्दा नेपालले कुनै लाभ लिन नसकेको हो।

करिब एक दशकमा चीनबाट नेपाल आयात करिब दुई गुणा (२०० प्रतिशत) बढेको छ, निर्यात भने घटेको छ। नेपालबाट चीनतर्फ हुने निर्यात ९ वर्षमा ६९ प्रतिशतले घटेको हो।

नेपालबाट चीनमा हुने प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमणमा विभिन्न सम्झौता हुँदै आए पनि त्यसबाट नेपाललाई खासै लाभ मिलेको देखिँदैन। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोली शनिबार चीन भ्रमणमा जाँदै छन्।

अहिले प्रधानमन्त्रीको भ्रमणबाट पनि चीनसँग निर्यात बढाएर व्यापार घाटा घटाउने ठोस अजेन्डा छैनन्। चीनको अर्थतन्त्रबाट नेपालले फाइदा लिने विषय प्राथमिकतामा नपर्दा भ्रमण फलदायी हुन नसकेको बताइन्छ। नेपालबाट हुने निर्यातभन्दा आयात करिब सवा सय गुणा बढी रहेको भन्सार विभागले जनाएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।