
काठमाडौं, भदौ २४ । विभिन्न ट्रेड युनियनमा आवद्ध पदाधिकारीहरुले सामाजिक न्याय विना सामाजिक सुरक्षा प्राप्त हुन नसक्ने बताएका छन् ।
आज राजधानीमा भएको कार्यक्रममा कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष इन्दिरा सापकोटाले औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको हक हितका निम्ति सरकारले ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिइन् ।
यस्तै नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना र अशक्त सुरक्षा, आश्रित परिवार सुक्षा र वृद्ध अवस्था सुरक्षा योजनाहरु लागू हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्