Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु


975
Shares

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया काली वंशीको मृत्यु भएको हो।

सम्झना सामुदायिक वनमा शुक्रबार घाँस काट्ने क्रममा काली वंशीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।