
काठमाडौं । देशमा सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, विकास निर्माण, राज्य सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने स्थायी सरकारका रूपमा रहेका निजामती कर्मचारीहरूले प्रत्येक वर्ष भदौ २२ मा निजामती सेवा दिवस मनाउने गर्छन् ।
सो दिवसमा उनीहरूले सेवा प्रवाह, सुशासन र विकासका विभिन्न नाराहरूसमेत दिने गर्छन् तर व्यवहारमा भने नारा एकातिर, काम अर्कैतिर हुँदै आएको छ । उनीहरूले दिने गरेको सुशासन, विकास र सदाचारिताको नारा व्यवहारमा देखिन मुस्किल हुँदै आइरहेको छ ।
विसं २०६१ भदौ २२ देखि शुरू भएको निजामती सेवा दिवसको यस वर्षको नारा दुई वर्षअघि नै तय भएको ‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास समृद्धि र सुशासन’ रहेको छ ।
विगतमा प्रत्येक वर्ष नयाँ नारा तय हुँदै आएकोमा अझै ३ वर्ष यही नै नारा रहने छ । सरकारले पाँच वर्षसम्म यही नाराअनुसार नै काम गर्ने निर्णय गरेको थियो ।
याे समाचार आजकाे नेपाल समाचार दैनिकमा प्रकािशत छ ।
प्रतिक्रिया दिनुहोस्