Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अध्यक्षता गर्नेले विश्वासको मत दिन पाउने तर्क

कोशीमा विश्वासको मत विवाद

780
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत हो या होइन भन्ने कानूनी जटिलताको विषयमा सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस भइरहेको छ ।

निवेदकका कानून व्यवसायीको बहस सकिएपछि विपक्षी उद्धव थापाका तर्फबाट बहस गर्दै कानून व्यवसायीले बैठकको अध्यक्षता गर्ने व्यक्तिलाई पार्टीको ह्वीप लाग्ने भएकाले पार्टी ह्वीप उल्लंघन गर्न नमिल्ने जिकिर गरे ।कानून व्यवसायीले कोशी प्रदेशमा मुख्यमन्त्री थापालाई अध्यक्षले दिएको मत संविधानसम्मत नै रहेको दाबी पेस गरे ।

मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै पूर्वमुख्यमन्त्री तथा एमालेका कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख, मुख्यमन्त्री थापा लगायतविरुद्ध दायर गरेको रिट निवेदनमाथि विपक्षीका तर्फबाट बहस गर्दै सरकारी वकिल, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवाललगायतले यस्तो दाबी गरेका हुन् ।

पूर्ण इजलासमा भएको सुनुवाइका क्रममा यसअघि सोमबार निवेदकका तर्फबाट भएको बहसमा टीकाराम भट्टराईलगायतका कानुन व्यवसायीले समय सकिएको घण्टी बजिसकेपछि विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान भएको दाबी गरेका थिए ।

मंगलबारको इजलासमा मतदानको दिनको भिडियो हेरिएको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।