२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


भैरव पुरस्कार गुठीलाई वासुदेव लुइँटेल पुरस्कार


0
Shares

काठमाडौं, भदौ २३ । वासुदेव लुइँटेल पुरस्कार २०७४ भैरव पुरस्कार गुठीलाई प्रदान गरिएको छ ।

तीन दशकदेखि नेपाली हास्यव्यंग्यको उन्न्यनमा समर्पित प्रतिभाहरुको सम्मान गर्दै आएको भैरव पुरस्कार गुठीलाई शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्मानका साथै पुरस्कार प्रदान गरिएको हो ।

साहित्यकार दीनानाथ शर्मा तथा मोदनाथ प्रश्रितले भैरव पुरस्कार गुठीका अध्यक्षय रोचक घिमिरेलाई एक लाख ११ हजार १०० रुपैयाँ राशिको पुरस्कार प्रदान गरे ।

कार्यक्रममा भैरव पुरस्कार गुठीका अध्यक्ष घिमिरेले हास्यव्यंग्यका सर्जक वासुदेव शर्मा लुइँटेलको नाममा स्थापित पुरस्कार ग्रहण गर्न पाउँदा गौरवको अनुभूति भएको बताए ।