१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई आममाफी दिन नसकिने रमेश लेखकको भनाई


104
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गम्भिर प्रकृतिको मानव अधिकार हनन्को घटनामा संलग्नहरुलाई आम माफी दिनेगरी सरकारले संसदमा पेश गरेको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताउनु भएको छ ।

मानव अधिकार तथा शान्ति समाजले आईतबार काठमाडौंमा आयोजना गरेका संसदमा प्रस्तुत केही नेपाल ऐन संशोधन विधेयकहरुका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उहाँले सो विधेयक परिमार्जन गरेर अघि बढने बताउनु भएको हो । प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानव अधिकार रहने, कानुनको शासन पनि जिवित रहने र दण्डहिनता पनि समाप्त हुने ढंगले सो विधेयक संसदबाट पारित गराउने बताउनु भयो ।

उहाँले मुलुकमा दण्डहिनताको अन्त्य हुने गरी विधेयकहरु अघि बढाउने विषयमा आफूहरुले गम्भिरतापूर्वक छलफल गर्ने बताउनु भयो । प्रमुख सचेतक लेखकले सो विधेयक संक्रमणकालिन न्यायसँग भने सम्बन्धित नभएको पनि स्पष्ट पार्नु भयो । सशष्त्र द्वन्द्वकालका न्याय निरुपणका लागि भने संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकले काम गर्ने उहाँको भनाई थियो ।

प्रमुख सचेतक लेखकले मुलुकमा मानव अधिकार, कानुनको शासन र दण्डहिनताको अन्त्य गर्ने कुरामा आफूहरु सदैव सचेत रहेको पनि पटकपटक दोहो¥याउनु भयो ।