Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


वर्षाैंदेखि हुँदै आएको मध्येकै अर्को एउटा सेटिङ हो सुन प्रकरण : रवि लामिछाने


234
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सरकारले सुन प्रकरण वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये अर्को एउटा सेटिङ भएको बताउनु भएको छ ।

लामिछाने नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे आइपुग्दा यसमा जनता अचम्मित नभएको र भष्ट्राचारबारे बानी परिसकेको बताउनु भएको छ । जुनसुकै प्रकरणमा सरकारले फाइल खोले पनि जरोसम्म नपुगेको उहाँले बताउनु भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘हरेक विषय सरकारले सुरू गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ। भुटानी शरणार्थी प्रकरणमा जरो कहाँ सारा जनतालाई थाहा छ, सुरूवात गर्‍यो सरकार अड्कियो।’ ललिता निवास काण्डको जरो कहाँ छ खोज्न पनि आग्रह गरेका छन् । यो प्रकरणमा पनि सरकार जरोसम्म नपुगेको उहाँले बताउनुभयो ।

‘कुनै विषय गिजोल्ने मात्र होइन जरोमा पुर्‍याउने सहास लिएको हो भने ठिक छ,’ तर, ‘केही कर्मचारी थुनेर, सरूवा गरेर फाइल खोलेझैं गर्ने हो भने सरकारको दिन गन्न सुरू भयो। उहाँले भन्नुभयो । ’