२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो, सदस्यतामा कडाइ गरौं : आरजु राणा


416
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेस महामन्त्रीले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदन कुनै एनजीओको ‘विसलिष्ट’ जस्तो भएको बताउनु भएको छ ।

शुक्रबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा राणाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गर्नुभएको हो । राणाले भन्नुभयो– ‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने एजेन्डा सेटिङ गर्ने पार्टी हो । तर महामन्त्रीहरूको प्रतिवेदन राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त ? क्लियर भएन ।’ उहाँले मुलुकमा सुशासन कायम गर्ने विषयमा पार्टीका नेताहरू पूर्वप्रशिक्षित हुनुपर्ने बताउनुभयो । त्यसैगरी राणाले पार्टी नेतृत्वको सार्वजनिक रूपमा हुने गरेको आलोचना रोक्नुपर्ने पनि बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाकी धर्मपत्नी समेत रहनु भएकी राणाले कांग्रेसको क्रियाशील सदस्यता वितरणमा कडाइ गर्नुपर्नेमा पनि जोड दिनुभयो । कांग्रेस बैठक गत मंगलबारबाट शुरु भएको हो ।