Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


क्रिकेट टोली स्वदेश फिर्ता


0
Shares

काठमाडौं, भदौ २२ । मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगिता खेलेर नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ ।

एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो ।

नेपालले आयोजक मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङसँग पराजित भएको थियो ।

छनोट प्रतियोगिता यही भदौ १३ देखि २१ गतेसम्म सन्चालन भएको थियो । उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए ।

हङकङ एसिया कपका लागि छनोट भएको छ । फाइनल खेलमा हङकङले युएईलाई २ विकेटले पराजित गर्दै एसिया कपका लागि छानिएको हो ।

एसिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएईमा हुँदैछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रको सहभागिता रहनेछ । रासस