Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


राप्रपाको महिला विभागमा कुन्ती र लुम्बिनी प्रदेश सह संयोजकमा रिमाल


637
Shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले “नवीन राप्रपा–२०८०“ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रहि कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सह संयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी तोक्नुभएको छ ।
अध्यक्ष लिङ्देनले यसअघिनै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसक्नु भएको छ ।
यसैगरी अध्यक्ष लिङ्देनले मंगलबार गठन भएको महिला विभागका पदाधिकारी, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी बिज्ञप्तिका अनुसार विभागको प्रमुखमा पार्टीकी महामन्त्री कुन्ती कुमारी शाही, उप–प्रमुखमा पार्टीका कार्यसम्पादन समिति सदस्य रेखा थापा, सदस्य सचिबमा अधिवक्ता सवान्त थापा तथा सदस्यमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रिता कुँवर रहनुभएको छ ।