Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


राष्ट्रियसभाको बैठक आज बस्दै


130
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा मंगलबार ११ बजे बस्दै छ ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । विनियोजन विधेयक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूचि छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बुधबार सम्म बजेट पारित गरिसक्ने कार्यसूचीअन्तर्गत मंगलबार नै सबै मन्त्रालयगत छलफल सक्न लागिएको हो। बुधबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएपछि राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ।