२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


संसदको अवरोध हटाउने बिषयमा ३ दलका शीर्ष नेता छलफलमा


806
Shares

काठमाडौं । संघीय संसदको गतिरोध हटाउन प्रमुख ३ दलका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ ।

सिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको हो ।

बैठकमा गत हप्तादेखि अवरुद्ध भएको संसद खुलाउने बिषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले गत हप्ता दिनुभएको एक अभिव्क्तिलाई लिएर गत बुधबारदेखि संघीय संसदका दुबै सदन(राष्ट्रिय र प्रतिनिधि सभा) को बैठक अवरुद्ध गर्दै आएको छ । गत हप्ता सोमबार प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो ।

यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गत बुधबारदेखि राष्ट्रिय र प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आइरहेको थियो । तर हिजो आइतबार शुरुमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको थियो ।

तर पछि प्रधानमन्त्री दाहालको सचिवालयले असार २१ गते जारी गरेको बिज्ञप्तिमा एमालेले प्रश्न उठाउँदै अडान फेरेको छ । शीर्ष नेताहरुबीच प्रधानमन्त्री दाहालले संसदमा प्रष्टीकरण दिएपछि संसद खुलाउने समझदारी भएको थियो । एमालेले अडान फेरेपछि आज सोमबार ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाएको राष्ट्रिय सभा बैठक भोलि बस्नेगरी सारिएको छ । प्रतिनिधि सभको बैठक भने आज ३ बजे बस्दैछ ।