Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेचका लागि दुई दिनपछि मिडियामा ल्याइयो : मन्त्री सिर्पाली


221
Shares

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

राज्यमन्त्री सिर्पालीले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाउनुभयो । उहाँले अहिले कतै न कतै नेपालको राजनीति कलंकित बनिरहेको बताउनुभयो ।

उहाँले राजनीतिलाई सफा र पारदर्शी बनाउनका लागि सहमति जुट्न नसकेको बताउनुभयो । उहाँले सुन्दर समाजको परिकल्पना गरेर अघि बढ्दा ठूला बाधा अड्चन आएको बताउनुभयो ।

मन्त्री सिर्पालीले राजनीति सहजै सफा हुन नसक्ने स्थिति देखिएको बताउनुभयो ।