Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


काठमाडौं महानगरले सुरु गर्‍यो छात्रवृत्तिको प्रक्रिया


1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा गरेको मेयर बालेन साहाले सामाजिक सञ्जाल मार्फत बताउनु भएकाे छ।

आवेदन साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिनेछ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिका महानगरले सार्वजनिक गरेको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुनेछन् ।

विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको छ ।