२ असार २०८२, सोमबार | Mon Jun 16 2025


१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुने


559
Shares

दाङ । १२ वर्षदेखि रोकीएको नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह यो वर्ष हुने भएको छ ।

विश्वविद्यालयले शुक्रबार दाङमा पत्रकार सम्मेलन गर्दै यो वर्ष दीक्षान्त समारोह हुने जनाएको हो ।

देशभर १४ वटा आंगिक क्याम्पस रहेको नेपाल संस्कृत विश्वविद्यालयबाट प्रत्येक वर्ष सात सयभन्दा बढी विद्यार्थीले विभिन्न तह र संकाय उत्तीर्ण गर्छन् । विद्यार्थीलाई प्रत्येक वर्ष दीक्षान्त समारोह गरेर विश्वविद्यालयले मूल प्रमाण पत्रसहित दीक्षित गर्दै आएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयले एक दशकयता दीक्षान्त समारोह नै गर्न सकेको थिएन । २०५४ सालबाट दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ सालमा चौथो दीक्षान्त समारोह गगरेको थियो । त्यस यता विश्वविद्यालयले दिक्षान्त गर्न सकेको थिएन् ।

यस पटक ५ सय ६१ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ । जसमा शास्त्री उत्रिर्ण भएका १ सय ६३, आचार्य उत्रिर्ण १ सय ४०, बिएड ८८, विद्यावारिधि १ सय १३ र बिएएमएस ३० जना गरी ५ सय ३४ जना दीक्षित हुने भएका छन । दिक्षान्त समारोह यही जेठ ३१ गते हुने छ ।