Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


जापानी खेलाडी केई निशिकोरी युएस ओपन टेनिसको सेमिफाइनलमा


0
Shares

काठमाडौं । जापानका टेनिस खेलाडी केई निशिकोरी अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाइनलमा क्रोएसियाका मारिन सिलिचलाई पाखा लगाउँदै निशिकोरी अन्तिम चारमा पुगेका हुन् ।

न्यूयोर्कको चर्को गर्मीमा ४ घण्टा ८ मिनेट चलेको खेल निशिकोरीले ३–२ को सेटमा जिते ।

पहिलो सेट २–६ ले गुमाएका सिलिचले यसपछिका सेट ६–४, ७–६, ४–६ र ६–४ ले जिते ।

निशिकोरीको यो जितसँगै युएस ओपन टेनिसको आधुनिक ईतिहासमा पहिलो पटक जापानका दुई खेलाडीले पुरुष र महिला एकलको सेमिफाइनल खेल्ने भएका छन् । 

जापानकी खेलाडी नाओमी ओसाका युएस ओपन महिला एकलको सेमिफाइनलमा प्रवेश गरिसकेकी छन् ।