 
	    काठमाडौं । डा.रमेश बलायरको कविता संग्रह ‘मनको बिम्ब’ एक समारोहका बीच लोकार्पण भएको छ ।
साझा प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तकमा ३७ वटा कविता संग्रहित छन् ।
पूर्व गृहसचिव गोविन्द कुसुम तथा आख्यानकार बुद्धिसागरको प्रमुख आतिथ्यमा बोधि बुक्स एण्ड बेक्समा आयोजित लोकार्पण समारोहमार्फत कविता संग्रह सार्वजनिक भएको हाे ।
सार्वजनिक कविता संग्रहमा कवि बलायरले आफ्नो जीवनको भोगाइ, हालको राजनीतिक परिदृष्य, राष्ट्रको चिन्तन, महिला सशक्तिकरण लगायतका अनुभूतिहरु अभिब्यक्त गर्नुभएको छ ।
बलायरले कवितामार्फत युवा जनशक्तिलाई सकारात्मक सोच राखी अग्रसर हुन आग्रह समेत गर्नुभएको छ । डोटीको विकट गाउँमा जन्मेका डा. बलायर हाल आइओवा युनिभसिर्टी अमेरिकामा सहायक प्राध्यापकका रुपमा अध्यापन कार्यमा संलग्न हुनुहुन्छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्