 
	    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयलाई जेठ १६ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको छ ।
महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली बमोजिम संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेभित्र वितरण गरी जेठ १६ गते महानगरलाई जानकारी दिन निर्देशन दिइएको हो ।
साथै, महानगरले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली विद्यालयको वेबसाइटमा प्रकाशित गर्नसमेत भनेको छ ।
समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी समेत महानगरले दिएको छ ।
वडाध्यक्ष र जनप्रतिनिधिलाई यस कार्यमा सहयोग तथा अनुगमन गर्नसमेत महानगरले अनुरोध गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्