२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा


2.379k
Shares

एजेन्सी । बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४–० ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा १–० ले पराजित रियलले बुधबार रातिको जितपछि भने समग्रमा खेल ४–१ ले आफ्नो पक्षमा परेको थियो ।

बुधबार राति बार्सिलोनाको मैदानमा भएको खेलमा रियललाई विजयी गराउन करिम बेन्जमाले ह्याट्रिक गर्दा भिनिसियस जुनियरले एक गोल थपे ।

पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ५० औं मिनेटमा बेन्जिमाले गोल गदै रियललाई दोब्बर अग्रता दिलाए । ५८ औं मिनेटमा बेन्जिमाले पेनाल्टी मार्फत दोस्रो गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । त्यसपछि ८० औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियललाई ४–० ले जित दिलाए ।

जितसँगै रियलले ओसासुना विरुद्धको फाइनल भिडन्त तय गरेको छ । फाइनल खेल यही मे ६ तारिखमा स्पेनको सेभिया शहरको ला कार्टुजा रंगशालमा हुनेछ ।