
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरुको रोजाइमा नपर्ने गरेको बताउनुभएको छ ।
उहाँले नेताहरु मन्त्री बन्नका लागि तँछाड, मछाड गरेर भागबण्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमै मात्रै नेताहरुको रोजाइमा पर्ने गरेको बताउनु भयो ।
पूर्व शिक्षामन्त्रीसमेत रहेका पौडेलेले पैसा नआउने मन्त्रालय भएका कारण पनि शिक्षा मन्त्रालय अधिकांश नेताहरुको रोजाइमा नपर्ने गरेको बताउनु भयो ।
उहाँले सामुदायिक शिक्षाको सुधार गर्नसके शिक्षा मन्त्रालय नेताहरुको पहिलो रोजाइमा पर्ने बताउनु भयो । उहाँले बाटो बनाउने मन्त्रालय भन्दा नागरिक बनाउने मन्त्रालय कम प्राथमिकतामा पर्ने गरेको बताउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरुलाई राजनीति गर्नबाट रोक्न नसके देश रुपान्तरणको सम्भव नरहेको बताउनुभयो ।
उहाँले सरकारी तलव खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरु नेपालबाहेक कुनैपनि देशमा नरहेको बताउनु भयो । मिश्रले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने तर्क गर्नुभयो ।
बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरुले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्