Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


लेगानेमााथि रियल मड्रिडको सहज जित, करिम बेन्जामाले गरे दुई गोल


0
Shares

काठमाडौं । स्पेनिश ला लिगामा रियल मड्रिडले लेगानेमााथि सहज जित हात पारेको छ ।

गएराती भएको खेलमा करिम बेन्जामाको दुई गोलको मद्दतमा रियलले लेगानेसलाई ४-१ ले हरायो ।

जीतपछि ३ खेलबाट ९ अंक जोडेको रियल मड्रिड अंक तालिकामा शीर्ष स्थानमा छ ।

रियलका लागि कप्तान सर्गियो रामोस र गारेथ बेलले एक एक गोल गरे । लेगानेसका लागि गुइडो कारिलोले एक गोल गरे ।

रियल विजयी हुँदा एट्लेटिको मड्रिड भने सेल्टा भिगोसँग २-० ले पराजित भयो ।

घरेलु मैदानमा सेल्टालाई जीत दिलाउन आयागो असपास र म्याक्सी गोमेजले एक एक गोल गरे ।

यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको सेल्टा अंक तालिकामा दोस्रोमा उक्लेको छ ।