Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बारागाढी गाउँपालिका अध्यक्ष जैसवालकाे निगरानीमा नाला सरसफाइ


1k
Shares

काठमाडाैं । बारागाढी गाउँपालिकामा नाला सरसफाइ भइरहेकाे छ ।

गाउँपालिका अध्यक्ष अशाेक कुमार जैसवालकाे प्रत्यक्ष निगरानीमा नाला सरसफाइ भइरहेकाे प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रले जानकारी दिनुभयाे ।

वर्षाको समयमा ढल र नाला थुनिएर पालिका जलमग्न हुने देखिएपछि ढल र नालाको सरसफाइ गर्न थालिएको गाउँपालिका अध्यक्ष जैसवालले बताउनु भयाे ।

ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले प्रधानमन्त्री स्वराेजगार कार्यक्रम अन्तर्गत रहेका कामदार परिचालन गरेर सरसफाइको काम सुरु गरिएको गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष जैसवालले भन्नुभयाे, ६ वटा वडैमा याे नालाको सरसफाइ भइरहेकाे छ, २ नम्बर वडाबाट सरसफाइकाे काम सुरु गरिएकाे हाे।’

वर्षातकाे माैसम आउन थालेकाेले गाउँपालिकाको पहिलो प्राथमिकतामा नाला सरसफाइकाे काम रहेकाे गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी रायले बताउनु भयाे ।

गाउँपालिका अध्यक्ष जैसवालले भन्नुभयाे, नाला सरसफाइ भएन भने पानी जम्छ, लामखुट्टेकाे विगविगी हुन्छ, त्यसबाट पालिकावासीलाई बचाउन पनि नाला सरसफाइकाे कामलाई तीव्रता दिइएकाे छ।’

वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै गाउँपालिका अध्यक्ष जैसवालले सरसफाइको काम सकिन करिब एक महिना लाग्ने बताउनु भयाे ।