काठमाडौं, भदौ १६ । एसिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबीच भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १८८ रन बनाएको छ ।
वर्षाका कारण ढिलो गरी खेल सुरु भएका कारण ३०/३० ओभरमा छोट्याइएको छ । निर्धारित ३० ओभरमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनाएको हो । १८९ रनको लक्ष्य पाएको मलेसिया ब्याटिङका लागि मैदानमा उत्रिँदैछ ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र मोहम्मद आरिफ शेखले अर्धशतकीय पारी खेलेका थिए । शेखले सर्वाधिक ६४ रन बनाएर अविजित रहँदा ऐरीले ५४ रन बनाए ।








प्रतिक्रिया दिनुहोस्