Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


काभ्रेको चौरीदेउरालीमा वास मेला


949
Shares

काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिकामा वास मेला सम्पन्न भएको छ ।

खानेपानी, सरसफाई र स्वच्छता प्रवर्द्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको हो ।

चौरीदेउराली गाउँपालिका–५ स्थित जागृति माध्यामिक विद्यालयको प्रांगणमा आयोजना गरिएको मेलामा पानी परीक्षण गर्ने र फोहोर व्यवस्थापन गर्ने तरिका बारे जानकारी गराइएको थियो ।

यस्तै शौचालय सफा गर्न प्रयोग गरिने सामाग्री, व्यक्तिगत सरसफाइका सामाग्री र शिक्षक, विद्यार्थीले बनाएका सेनेटरी प्याडको स्टल राखिएको थियो ।

चौरीदेउराली गाउँपालिका भित्रका ३८ वटा सामुदायिक विद्यालयमा सरसफाई अभियानका १० वटा सुचक ‘तारा’ पद्धति कार्यक्रमलाई प्रभावकारी बनाउने अभियान अन्र्तगत वास मेला आयोजना गरिएको हो ।

वाटर एड नेपालको सहकार्य, सिविक फोरमको साझेदार र गाउँपालिकाको समन्वयमा डेड वर्ष अघिदेखी उक्त कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, वाटर एड नेपालका कार्यक्रम संयोजक प्रमिता मर्हजन, सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवर, सान्त्वना कार्की लगायतले सरसफाइको महत्व बारे जानकारी गराउनुभएको थियो । विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीले सरसफाइ सम्बन्धी गीत प्रस्तुत गरेका थिए ।