Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


मधुवन नगरपालिकाद्वारा व्हीलचेयर वितरण


949
Shares

काठमाडाैं । मधुवन नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गहरुलाई व्हीलचेयर वितरण सुरु गरेको छ ।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा रोटरी क्लब धुलिखेल काभ्रेपालाञ्चोकको सहयोगमा नगरपालिकाले व्हीलचेयर वितरण सुरु गरेको हो ।

अपाङ्गताको क्षेत्रमा कार्यगरिरहेको रोटरी क्लब धुलिखेलले सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएकोमा संस्थालाई धन्यवाद दिँदै मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले अपाङ्गता भएकालाई यस किसिमको सहयोगले उहाँहरुको जीवनमा उज्यालो आउने बताउनु भयो।

क्लबले नगरपालिकालाई ६० थान व्हीलचेयर हस्तान्तरण गरेको हो । उक्त व्हीलचेयर नगरपालिकाले नगर प्रमुखलगायत कर्मचारीहरुको उपस्थितिका वितरण गरिरहेको छ ।

नगरपालिकाले आज दुई जनालाई व्हीलचेयर वितरण गरेको नगरप्रमुख भाटले बताउनु भयो । उहाँले भन्नुभयो, अन्य बाँकी व्हीलचेयर पालिकावासीको घरमै गएर वितरण गरिनेछ।