Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


जुवा खेल्दै गरेकाे अवस्थामा १४ जना पक्राउ


481
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले जुवा खेलिरहेकाे अवस्थामा १४ जनालाई पक्राउ गरेको छ।

प्रहरीले ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित टहराबाट उनीहरुलाई पक्राउ गरेको हो ।

चन्दा मगरले जग्गा भाडामा लिएर बनाएको टहरामा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनापछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूबाट एक लाख ६१ हजार ९८० रुपैयाँ बरामद गरेको छ।