२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


एसी मिलान सालेरनिटानासँग बराबरीमा रोकियो


143
Shares

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान सालेरनिटानासँग बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा मिलान सालेरनिटानासँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफको इन्जुरी समयमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ६१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सालेरनिटानालाई १–१ को बराबरीमा ल्याए ।

बराबरीसँगै मिलान २६ खेलमा ४८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सालेरनिटाना २६अंक जोडेर १६ औं स्थानमा छ ।